मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीबाट जोगिन् डिभोर्स गरेका धनराज ज्याेतिकाे ऋण तिर्दै, रविभन्दा ठूलो घोटाला

barnanmedia.com · Fri Sep 13 21:25:32 UTC 2024

सहकारी घोटाला प्रकरणबाट जोगिन कांग्रेस उपसभापति एवं सांसद धनराज गुरूङले श्रीमती ज्योती गुरुङसँग सम्बन्ध विच्छेद (डिभोर्स) गरेको पाइएको छ। केही दिन अघि यो समाचार प्रकाशित हुँदा गुरुङले आफूले ०७६ मै सम्बन्ध विच्छेद गरिसकेको र आफूललाई कुनै जानकारी नरहेको बताएका थिए।

त्यति मात्र होइन उनले भनेका थिए, ‘साथै निज ज्योतीजी सँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजी सँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’तर, पूर्वकानुनमन्त्री रहेका गुरुङले ज्योतिको ऋण तिरिरहेको पाइएको छ। यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने आधार देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)