सरकारले ६ जना प्रशासकलाई गर्यो सरुवा
barnanmedia.com · Fri Sep 13 21:39:31 UTC 2024

सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणी रिक्त पदमा सहसचिव महादेव पन्थलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीका रूपमा काम गर्ने गरी सरुवा गरेको छ। उनको गएका ५ महिनामा ४ ठाउँमा सरुवा भइसकेको छ।यस्तै हरिप्रसाद लम्साललाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव बनाएर पठाइएको छ।गोविन्दबहादुर कार्कीलाई सचिव (वाणिज्य तथा आपूर्ति), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)