लहानका विपन्न मुसहर परिवारलाई सुरक्षित आवास हस्तान्तरण
rajdhanidaily.com · Fri May 22 10:31:13 GMT 2026

सिरहा । जिल्लाको लहान नगरपालिका–१३ घलेटोल मुसहर बस्तीका अतिविपन्न २० परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा निर्माण भएका ती घर आज यहाँ आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष २०८१÷८२ को ‘विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम’ अन्तर्गत लहान नगरपालिकाको रु ६९ लाख ४ हजार र ह्याविट्याट फर ह्युमानिटी नेपालको रु १६ लाख ६६ हजारको आर्थिक लगानीमा ती आवास निर्माण गरिएका हुन् । घर निर्माणमा भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग रहेको थियो भने लाभग्राही परिवारले आफैँ श्रमदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)