प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
ratopati.com · Mon Jun 15 06:08:01 GMT 2026

काठमाडौँ । नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले यो अडान कायमै रहेको बताएका हुन् । त्यस्तै, उनले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अनुमति विनै उडेकोबारे सरकारको धारणा माग्दै नेपालको चिया निर्यातमा परेको असरबारे सरकारको ध्यान किन नगएको भनेर प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)