हर्क साम्पाङको माग- प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्,पक्राउ परेका युवालाई दुःख नदिइयोस्
annapurnapost.com · Mon Jun 15 06:00:42 GMT 2026

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई(हर्क साम्पाङ)ले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,'प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भनेर पर्खिरहेका छौं। यसमा हाम्रो माग यथावत् छ।'
उनले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेर अतिक्रमण गर्न खोजेको र नेपाली नागरिकलाई आतंकित पार्ने गतिविधि भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। त्यसको विरोधमा माइतीघरमा धर्नामा बसेका राष्ट्रभक्त युवा अजय सोडारी र दीर्जन विकलाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा चलाउने तयारी गरिएको भन्ने सूचना आएको उल्लेख गर्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनले ती युवालाई अनावश्यक दुःख नदिन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)