सरकारले ‘डिस्टिङ्सन’ पायो : दाहाल
ekantipur.com · Thu Jun 29 00:36:11 GMT 2023
काठमाडौँ — प्रतिपक्षी दलहरूको कडा आलोचनाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा सुशासन र आर्थिक सूचकांकमा देखिएको सुधारले आफ्नो सरकारले ‘डिस्टिङ्सन’ ल्याएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारको कामबाट आफू सन्तुष्ट भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठको ‘प्रधानमन्त्रीको रिपोर्ट कार्डमा कति नम्बर आयो ?’ भन्ने प्रश्नमा उनले पास मात्र भएको होइन, डिस्टिङ्सन पाएको दाबी गरे । ‘हामी एकढिक्का भएर नकारात्मकता र असन्तुष्टिलाई प्रोत्साहन होइन, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायमा एक भएर अगाडि बढौं,’ उनले भने, ‘प्रधानमन्त्रीका रूपमा ६ महिनाको कामप्रति मूलभूत रूपमा सन्तुष्ट छु । मैले त ६ महिनाको कामबाट डिस्टिङ्सन पाउनुपर्ने ठानेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)