मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनका गहना तोलाकै पौने २ लाख

ekantipur.com · Fri Sep 13 23:29:25 UTC 2024

काठमाडौँ — सुनको मूल्यले एकपछि अर्को गरी नयाँ–नयाँ कीर्तिमान बनाउन थालेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले सेप्टेम्बरदेखि ब्याजदर घटाउने चर्चासँगै त्यसको प्रत्यक्ष प्रभाव सुनमा परेको हो । ब्याजदर घट्ने हल्लाले मुनाफा कमाउन अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । यसले एकातिर सुनको माग बढाएको छ भने मूल्यले पनि कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला मूल्य १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकेको छ । बिहीबारको तुलनामा यो प्रतितोला ३ हजारले बढी हो । महासंघले बिहीबार तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ मूल्य तोकेको थियो । शुक्रबारको मूल्य अहिलेसम्मकै उच्च हो । तयारी गहनाको मूल्य भने कम्तीमा पौने २ लाख पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)