‘मालिक’को दबाब सहन नसकेर कुवेतमा नेपाली चेलीद्वारा आत्महत्या
rajdhanidaily.com · Thu Jun 06 23:24:01 UTC 2024

काठमाडौं । करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए ०५४९४९९ भएकी कुँवरले कुवेतको जाराहा भन्ने ठाउँमा आत्महत्या गरेकी हुन् ।
उनले आत्माहत्या गरेको जानकारी पाएपछि मृतकका बाबु वीरबहादुर कुँवरले बागचौर नगरपालिका कार्यालयमा छोरीको शव नेपाल झिकाउन माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडा कार्यालयले पनि कुवेतस्थित नेपाली दूतावासलाई पत्र लेख्दै शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन अनुरोध गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)