मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै
clickmandu.com · Mon Sep 07 05:23:35 GMT 2026

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि २० लाख इकाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)