स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
barnanmedia.com · Fri Sep 13 23:44:16 UTC 2024

काठमाडौँ, २९ भदौः स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।
स्याङ्जाका ११ पालिकामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय छन् । प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएका हुलाक हटाइने भएको छ । एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)