मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जनप्रतिनिधिको बैठक भत्ताले विद्यालयमा अक्षयकोष

barnanmedia.com · Fri Sep 13 23:51:29 UTC 2024

यहाँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् ।

गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, बिपन्न र अशक्त विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)