कीर्तिमानी खेलको तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित
baahrakhari.com · Mon Jun 16 18:23:25 GMT 2025
काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल हो । यसअघि भारतको घरेलु क्रिकेटअन्तर्गत महाराजा टी–२० क्रिकेटमा हबिल टाइगर्स र बेंगलुरु ब्लास्टर्सबीचको खेल तीनपटकसम्म सुपर ओभरमा पुगेको थियो ।
तेस्रो सुपर ओभरमा डच टोली एक रनको लक्ष्य पाएको थियो । जसलाई पहिलो बलमै छक्कासहित नेदरल्यान्ड्सले जित पक्का गर्यो । दोस्रो सुपर ओभरमा पहिले ब्याटिङमा नेपालले रन नबनाई दुई विकेट गुमाएरपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)