मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

असोज १२ गते ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, मनोनयन सूची सार्वजनिक

kalakarmi.com · Mon Sep 07 05:26:18 GMT 2026

काठमाडौं– नेपालमै पहिलो पटक कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमवार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गर्न लागेको यो अवार्डका लागि विभिन्न दश विधामा मनोनयन सूची सार्वजनिक गरिएको हो ।

आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना गर्न लागिएको हो । नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको प्रस्तुतिमा आयोजना हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)