गृह मन्त्रालयले बनायो लागु औषध नियन्त्रण विभाग
ratopati.com · Mon Sep 07 05:31:17 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले नयाँ विभाग स्थापना गरेको छ । बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि गरेको मन्त्रालयकाे ओ एन्ड एममा नयाँ विभाग थपिएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘मन्त्रालयको ओ एन्ड एम गर्दा नयाँ विभागको रूपमा लागु औषध नियन्त्रण विभाग बनाउने निर्णय भएको छ ।
त्यसको स्थापना गर्ने काम भइरहेको छ,’ प्रवक्ता काफ्लेले रातोपाटीसँग भने । मन्त्रालयले भदौ १८ गते ऋषिराम तिवारीलाई विभागको महानिर्देशकको रूपमा सरुवा गरेको छ । महानिर्देशक तिवारीले नयाँ विभाग भएकाले स्थापनाका लागि घर खोज्ने काम चलिरहेको जानकारी दिए । ‘नयाँ विभाग हो, बस्ने स्थान खोजिरहेका छौँ,’ महानिर्देशक तिवारीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)