नेपोलीको अग्रता १८ अंकमा
ekantipur.com · Sun Feb 26 01:09:16 GMT 2023
मिलान — नेपोलीले इटालीको सिरी ए को शीर्ष स्थानमा आफ्नो अग्रतालाई शनिबार १८ अंक पुर्याएको छ । यसका लागि उसले इम्पोलीमाथि सजिलो २–० को जित रच्यो । आरडिन इस्माजलीको आत्मघाती गोलले नेपोली अग्रता लिन सफल भएको थियो ।
त्यसपछि नाइजेरियाली खेलाडी भिक्टर आसिमहेनले दोस्रो गोल थपे । यो सिजन उनको यो १९ औं लिग गोल रह्यो । उनले लिगका पछिल्ला आठ खेलमा लगातार गोल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)