इभी गाडी भित्रिदा, विदेशियो २१ अर्बभन्दा बढी रकम
kathmandupati.com · Fri May 22 11:00:03 GMT 2026

काठमाण्डु- भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकमा पछिल्लो दश महिनाको अवधिमा नेपालमा १६ हजार ३९२ थान विद्युतीय सवारी ९इभी० आयात भएका छन् । गत २०८२ साउनदेखि बैशाख मसान्तसम्ममा चीन र भारतीय सीमाबाट संख्यामा इभी आयात भएका हुन् । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, उक्त अवधिमा तीन पाङ्ग्रे विद्युतीय सवारी९इभी० मात्रै ७ हजार ७८५ थान आयात भएको देखिन्छ ।
त्यस्तै, ५० किलोवाटसम्मको एसेम्बल हुन बाँकी २ थान र ५० किलोवाटसम्मको विद्युतीय कार, जीप र भ्यानहरु २ हजार ८४८ थान इभी आयात भएका छन् । त्यस्तैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका कार,जीप र भ्यानहरु ५ हजार २५ थान आयात भएको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)