सरकारी नियमावली नभएर बच्चाको 'बोन म्यारो' प्रत्यारोपण हुन सकेको छैन (भिडिओ)
setopati.com · Sat Dec 30 00:24:17 GMT 2023
'बोन म्यारो' भनेको बोलीचालीमा रक्तमासी पनि भन्छौं। हड्डीको बीचमा रहने रगत बन्ने ठाउँ हुन्छ त्यसलाई बोन म्यारो भनिन्छ। विभिन्न कारणले गर्दा बोन म्यारोले काम गर्न सकेन अथवा यसमा कुनै समस्या आयो भने अथवा अन्य केही त्रुटि भएर त्यसको निराकरणको लागि बोन म्यारोलाई नै फेर्नेलाई बोन म्यारो प्रत्यारोपण भनिन्छ।
बोन म्यारो प्रत्यारोपण क्यान्सरजन्य बिरामी र क्यान्सर बाहेकका बिरामीलाई पनि गरिन्छ। किमो थेरापी र रेडियो थेरापी गर्दा समेत निको हुन सकेन भने मात्रै बोन म्यारो प्रत्यारोपण गरिन्छ।रगतको क्यान्सर, स्नायु तन्तुका ग्रन्थीहरूको क्यान्सर, ब्रेन ट्युमरका बिरामीलाई समेत बोन म्यारो प्रत्यारोपण गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)