मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी,

barnanmedia.com · Fri May 22 10:54:02 GMT 2026

काठमाडौँ, ८ जेठ २०८३ – पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही सञ्चारमाध्यमले बदनियतपूर्वक भ्रामक र चरित्रहत्या गर्ने खालका समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी दर्ता गराउनुभएको छ।

उहाँले आफू नितान्त पारिवारिक भ्रमणमा गएको विषयलाई मिडियाले गलत र भ्रामक रूपमा तोडमरोड गरी बजारमा ल्याएको स्पष्ट पार्नुभएको छ। भ्रम फैलाउने समाचार लेख्ने पत्रकार दिनेश थापा र सम्बन्धित सञ्चारमाध्यममाथि तत्काल छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्न उहाँले माग गर्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)