घाइते चित्तलको गरियो उपचार
gorkhapatraonline.com · Fri May 22 11:00:47 GMT 2026

कुकुरले लुछेर घाइते बनाएको पोथी चित्तलको उद्धार र उपचार गरी त्यसलाई प्राकृतिक बासस्थानमा छोडिएको छ । कैलालीको टीकापुर नगरपालिका –९ रोइनीबोझीबाट घाइते चित्तलको उद्धार गरी सत्ती कर्णाली सामुदायिक वनमा छाडिएको हो ।
संरक्षणकर्मीसहित वन अधिकारीको टोलीले चित्तलको उद्धार गरेको थियो । चित्तललाई कुकुरले टोकेर घाइते बनाएपछि ज्यान जोगाउन घाइते चित्तल एक घरभित्र पसेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)