मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गान्धीमोड एक्स्टेन्सन काउन्टर सधैंका लागि बन्द हुने

clickmandu.com · Fri May 22 11:02:10 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको काँडाघारीस्थित गान्धीमोड एक्स्टेन्सन काउन्टर बन्द गर्ने भएको छ । बैंकले सूचना जारी गर्दै २०८३ जेठ ११ गते देखि उक्त काउन्टरमार्फत प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने जानकारी दिएको हो ।

अब सो काउन्टरमार्फत दिइँदै आएको सेवा पेप्सीकोला शाखा कार्यालयमार्फत दिइने छ । बैंकका अनुसार आवश्यक बैंकिङ कारोबारका लागि ग्राहकहरूले काठमाडौंस्थित टाउन प्लानिङ (गार्डेन चोक) पेप्सीकोला शाखामा सम्पर्क गर्न सक्नेछन् ।

काउन्टर बन्द हुँदा ग्राहकवर्ग, सेवाग्राही तथा सम्बन्धित सेवामा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना समेत मागेको छ । बैंकले सेवा निरन्तरताका लागि ग्राहकलाई वैकल्पिक शाखाबाट सेवा लिन अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)