राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर
corporatenepal.com · Mon Sep 07 05:36:43 GMT 2026

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषी कर्जा सुरक्षण योजना सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय टंगाल काठमाडौंमा आयोजित कार्यक्रम मार्फत सो समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी–पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिला राम गिरीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कोषका प्रबन्धक विक्रान्त आचार्य, बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञवाली, उपप्रबन्धक राजन घिमिरे लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)