उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण र कोषाध्यक्षमा मनिषलाल विजयी
ajakoartha.com · Fri May 22 10:59:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् । उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई हराएका हुन् । संघईले ३० मत पाए ।
उता, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएको महासंघ निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)