दक्षिणपूर्वी एसियाबाट १० महिनामा ६८७ नेपालीको उद्धार
baahrakhari.com · Fri May 22 11:10:01 GMT 2026

काठमाडौं । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबाट पछिल्लो १० महिनामा ६८७ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
“थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूबाट सम्बद्ध विभिन्न निकायहरूको समन्वय र सहयोगमा यसअघि ६१६ जना नेपालीको उद्धार कार्य सम्पन्न भएकोमा पछिल्लो २ हप्तामा थप ७१ जनाको उद्धार गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)