रास्वपालाई गलाउन कांग्रेस र एमालेले लिए यस्तो रणनीति
barnanmedia.com · Mon Jun 16 22:58:40 GMT 2025

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन समिति बनाउनुपर्ने मुद्दाबाट माओवादी र एकीकृत समाजवादी पछि हटेपछि संसद सहज हुने आकलन सरकारले लिएको थियो। तर, प्रतिपक्षी रास्वपाले अनौँठो ढंगबाट विरोध थालेपछि अहिले कांग्रेस र एमाले मात्र होइन माओवादीको पनि टाउको दुखाइ बनेको छ। सत्तासँग दुई बुँदे सहमति गरेपछि माओवादी, विशेषगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिव्र आलोचना खेपिरहेका छन् नै रास्वपाले संसदको वेल घेराउ गरी पलेँटी कसेर विरोध गर्न थालेपछि हरेक दिन मिडियामा आलोचना खप्नुपर्ने अवस्थामा सरकार छ।
दुई दिन वेल घेराउ गरेर नारावाजी गरेका रास्वपा सांसदहरु अहिले प्रतिपक्षले बोल्ने बेलामा मौन हुन्छन् भने सत्ता पक्षका सांसदले बोल्ने बेला नारावाजी र होहल्ला गर्ने गरेका छन्। यसरी पलेँटी कसेर विरोध गर्ने संसदीय अभ्यास होइन्, विरोध गर्ने नै भए नारावादी र वेल घेराउ गर्ने हो। तर, रास्वपाको बालहठका अगाडि कसेको के लाग्छ र अनि सभामुख देवराज घिमिरेले पनि माओवादीको साथ पाएपछि रास्वपा र राप्रपालाई पेलेरै लैजाने नीति लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)