भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान घोषणा
kalakarmi.com · Fri May 22 11:16:22 GMT 2026
काठमाडौं– भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त गौरवमय प्रस्तुतिमा यस वर्ष प्रदान गरिने ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ तथा ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ का सम्मानित संगीतकर्मीको नाम घोषणा गरिएको छ।
प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय सङ्गीत सम्मान यस वर्ष गायनतर्फ वरिष्ठ गायिका मीरा राणा तथा सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार सीके रसाइलीलाई प्रदान गरिने निर्णय गरेको छ । सम्मानस्वरूप उनीहरूलाई दोसल्ला, ताम्रपत्र तथा जनही एक–एक लाख रुपैयाँ प्रदान गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)