नेपाली चियाको भारत निर्यात अब सहज हुन्छ : परराष्ट्र मन्त्रालय
annapurnapost.com · Fri May 22 11:11:22 GMT 2026

काठमाडौं : परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यात अब सहज हुने भएको जनाएको छ। शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकालाई १९ मे २०२६ मा संशोधन गरेसँगै चिया निकासी सम्बन्धी समस्या अब सहज हुन लागेको बताएका हुन्।
भारतीय टी बोर्डले १० फेब्रुअरी २०२६ मा जारी गरेको निर्देशिकाअनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय पक्षसँग गरेको छलफल, समन्वय र पहल गरेपछि उक्त समस्या हटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)