मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढियो

gorkhapatraonline.com · Mon Feb 12 00:45:54 GMT 2024

काठमाडौँ, माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा चारमहिने अभियानको रिपोर्टिङ राख्ने नेताहरूले तल्लो वर्गलाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने अधिकांश नेताहरूले तल्लो वर्गमा पार्टीलाई क्रियाशील बनाएर बलियो बनाउनुपर्ने सुझाव दिएको बताउनुभयो । “पहिला पार्टी सबल, सुदृढ हुँदै राम्रा उपलब्धि हासिल गर्‍यो । नेता कार्यकर्तामा वर्ग दृष्टिकोण राम्रोसँग प्रकट हुन्थ्यो । तल्लो वर्गमा पार्टी सधैँ क्रियाशील भएकाले बलियो भयो,” उहाँले भन्नुभयो, “अहिले पार्टीले वर्ग छोडेर वर्ग दृष्टिकोण कमजोर हुँदै गयो । जसले गर्दा कतिपय सन्दर्भमा तिखा आलोचना हुने गरेका छन् ।” प्रवक्ता सापकोटाले पार्टीको चारमहिने अभियानमा ठुलो जनपरिचालन, विकास निर्माणलगायत विविध रचनात्मक कार्यक्रम भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)