मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगर भन्छ- बल्खुको होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खान पाएनन् भनेर अतिरञ्जित गरियो

kathmandupati.com · Mon Jun 15 06:49:51 GMT 2026

काठमाडौं महानगरपालिकाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूले खान नपाएको भन्ने विषय अतिरञ्जित गरी प्रस्तुत गरिएको दाबी गरेको छ।

सोमबार बिहान आश्रय लिइरहेका सुकुम्बासीहरूले चियानास्ता समेत खान नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका थिए। खान नपाएपछि उनीहरू आफैंले दालमोट र चिउरा किनेर खाएका थिए। तर त्यो विषय अतिरञ्जित गरि प्रस्तुत गरिएको महानगर प्रहरी प्रमुख विष्णु जोशी बताउँछन्।

‘आज व्यवस्थापन फेरिँदा आधा घण्टा ढिला भएको हो। तर उहाँहरूले पुरानै व्यवस्थापन चाहिन्छ भन्नुभयो। खान नपाएको भन्ने होइन’, उनले भने, ‘पछि नयाँ व्यवस्थापनले दही चिउरा र फलफुल लिएर जाँदा समेत खान मान्नुभएन। उल्टो बिजोग देखाउन बाहिरबाट दालमोट चिउरा ल्याएर खानुभयो।’

त्यहाँ बसिरहेका व्यक्तिहरूलाई व्यवस्थापन परिवर्तनसँग चासो हुन नहुने उनको भनाइ छ।

गत वैशाख १२ गते विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका बासिन्दाहरू महिनौँदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बस्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)

सम्बन्धित विषय