प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
nepalpress.com · Mon Jun 15 06:46:06 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका चार सांसदको समिति हेरफेर गरेका छन् ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७७ बमोजिम विभिन्न संसदीय समितिमा सदस्यहरूको हेरफेर गरेका हुन्।
उनका अनुसार राम लामालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट पूर्वाधार विकास समितिमा, बोधमाया श्रेष्ठलाई पूर्वाधार विकास समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, मनिष झालाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पठाइएको छ ।
यस्तै, बुद्धरत्न महर्जनलाई सार्वजनिक लेखा समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पठाइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
प्रतिनिधि सभा
काठमाडौँ