एयरपोर्ट वरपर फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना
nagariknews.nagariknetwork.com · Sun Mar 09 15:32:42 GMT 2025

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर तथा भौतिक क्षति पुर्याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
महानगरका अनुसार, आइतबार राप्रपाले आफ्नो पार्टी कार्यालय धुम्बाराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी, आईल्याण्ड, तथा त्यहाँ रहेका बिरुवा र रेलिङमा क्षति पुर्याएका थिए। साथै, उनीहरूले जथाभावी फोहोर फालेर वातावरण प्रदूषण समेत गरेको महानगरको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)