मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

मौलिकता गुमाउँदै तीज

rajdhanidaily.com · Tue Aug 31 23:52:02 GMT 2021

श्रीकृष्ण वा ‘कृष्णाष्टमी’का दिन हिन्दू नारीहरूको चाडलाई तीजको प्रवेशद्वार मानिन्छ । यसैदिनबाट आजबाट तीजको सुरुवात भएको मानिन्छ । नेपालमा १०औं शताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ । खासगरी लिच्छवीकालपछि हामीकहाँ विभिन्न चाडपर्वहरू मनाउन थालिएको हो । यस्ता चाडबाड हामीकहाँ प्रायः सबै महिनामा पर्छन् । बिनाचाडको महिना पाउन मुस्किल छ । हामीकहाँ चलिआएका विभिन्न चाडपर्वहरूमध्ये तीज पनि एउटा महत्वपूर्ण पर्व हो । आदिकालदेखि चल्दै आएको यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने प्रचलन थियो । अहिले भने यसरी चार दिनमा तीजलाई खुम्चाउन नसकिने अवस्था छ । सुरुमा यो पर्व नेपालमा प्रायः क्षत्रीबाहुनले बढी मनाउने र आदिवासी, जनजातिले त्यति महत्व नदिने गर्थे । तर, अहिलेको मिश्रित बसाइँका कारण सबैको साझा पर्वका रूपमा यसलाई लिने गरिएको पाइन्छ ।

चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नुहुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । यी चाडपर्वमध्ये तीज पनि एउटा महत्वपूर्ण पर्व हो । अर्को साता हामीकहाँ तीजले प्रवेश पाउँदै छ । नेपाली बृहत् शब्दकोशले तीजलाई ‘नारीहरूले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने दिन’ भनी अथ्र्याएको छ । भविष्य पुराणमा यसलाई हरितालिका भनिएको छ । पार्वतीको विवाह विष्णुसँग हुन लागेकामा उनीसँग विवाह हुन नपरोस् महादेवसँग विवाह होस् भन्ने पार्वतीको चाहनालाई सघाउन उनका सखीहरूले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यसलाई हरितालिका भनिएको हो भन्ने पनि पाइन्छ । उनले जंगलमा खाएको कुरा कालान्तरमा हामीले दर भनी खाने गरिएको, तृतीयामा आर्य पार्वती र अनार्य शिवको बिहे भई शिवजीसमेत ताण्डव नृत्य गर्ने गरेकाले यस दिनको सम्झनामा नेपाली चेलीहरूले तीजको नाचगान गर्न थालेका हुन् भन्ने भनाइ पनि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)