नमुना बस्ती पहिरोको जोखिममा : ८ घरका ३७ जनालाई स्थानान्तरण
ratopati.com · Mon Sep 07 06:02:51 GMT 2026

दैलेख । दैलेखको नारायण नगरपालिका- १, मा रहेको नमुना बस्ती पहिरोको जोखिममा परेपछि स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त बस्तीका ८ घरका ३७ जनालाई स्थानान्तरण गरेको हो ।
शनिबार बेलुकी अविरल वर्षाको कारणले पहिरो आएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमान्डमा १० जनाको प्रहरी टोली खटिएर बस्ती स्थानान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)