टेम्पो भीरबाट खसाल्ने १२ वन कर्मचारी प्रहरी नियन्त्रणमा
rajdhanidaily.com · Mon Jun 15 06:51:22 GMT 2026

कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीरमा खसालेको आरोपमा वन विभागका १२ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको हो । ‘घटनामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय कैलालीले वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ’ कैलाली प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले भने, ‘भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षको बयानका आधारमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइने ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
प्रतिनिधि सभा