रौतहटमा बाघको आक्रमणबाट वडाध्यक्षसहित २ जना घाइते
ekantipur.com · Sat Nov 30 16:32:15 GMT 2024
रौतहट — रौतहटको गुजरा नगरपालिकास्थित राईटोलमा शनिबार बाघको आक्रमणमा परी वडाध्यक्षसहित दुईजना घाइते भएका छन् ।
बाघको आक्रमण परी गुजरा–१ का ६५ वर्षीय बौराही चौधरी र वडाध्यक्ष ५५ वर्षीय रामजीत चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी दिपककुमार रायले जानकारी दिएका छन् । उनका अनुसार आफ्नै घर नजिक रहेको आलुबारीमा पानी पटाउन गएको बेला बौराहीमाथि अचानक बाघले आक्रमण गरेको थियो । उनको टाउको र दुवै हातमा चोट लागेको छ । बाघले आक्रमण गरेको देखेर बचाउन गएका गुजरा–१ का वडाध्यक्ष रामजीतलाई समेत झम्टिएर घाइते बनाएको थियो । उनको दुवै हातमा चोट लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)