प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन
ratopati.com · Fri May 22 11:29:14 GMT 2026

तनहुँ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठुलो गिरावट आउने अनुमान गरिरहेका छन्।
वर्षौँदेखि मौरीपालन व्यवसायमा सक्रिय वाग्लेले यस वर्ष जेठमा करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गरेका थिए। तर फागुनदेखि सुरु भएको प्रतिकूल मौसमले मौरीको प्राकृतिक गतिविधिमा असर पुर्याएपछि उत्पादन लक्ष्य निकै घटेको उनले बताए। अहिलेको अवस्था हेर्दा जेठको अन्त्यसम्म करिब १०० किलो हाराहारीमात्र मह उत्पादन हुनसक्ने उनको अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम