आप्रवासीबारे समान धारणा बनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह
Ujyaaloonline.com · Sat Jun 26 00:16:32 GMT 2021
काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आप्रवासीका बारेमा समान धारणा बनाउन युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । युरोपेली संसदको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले बिहिवार आप्रवासीको बारेमा समान धारणा बनाइ समस्या समाधान गर्न आग्रह गर्नुभएको हो ।
आउँदा दिनमा युरोपका देशहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ छ । युरोपमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भन्दै आवश्यक नीति निर्माण गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)