बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार
deshsanchar.com · Sat Nov 30 16:49:22 GMT 2024

धरान (सुनसरी) – जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उनले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाएका हुन्।
श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन्। अर्जुनको व्यवसायमा उहाँका चार छोराले साथ दिइरहेका छन्। कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर रु २० लाख बचत हुने गरेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)