कटारी गोल्डकपको उपाधि जष्ट जोन नाइजेरियालाई
ratopati.com · Sat Apr 18 17:39:30 GMT 2026
उदयपुर । छैटौँ कटारी आमन्त्रित मेयर गोल्डकपको उपाधि जष्ट जोन फुटबल क्लव, नाइजेरियाले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा चात्यासा फुटबल क्लब झापालाई ४–० गोलअन्तरले हराउँदै जष्ट जोनले उपाधि कब्जा गरेको हो । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा गत चैत २८ गतेदेखि जारी सो प्रतियोगिताको उपाधि कब्जा गर्दै जष्ट जोनले रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता झापाले रु तीन लाख पायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)