कलम सहकारीको सम्मान कार्यक्रम
deshsanchar.com · Sat Nov 30 17:03:23 GMT 2024

पोखरा – पोखरा महानगरपालिका– ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई सम्मान गरेको छ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेमबहादुर श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीको परिकल्पना स्थापित यस कलम बचत तथा ऋण सहकारी संस्था सम्पुर्ण पुस्तक तथा स्टेशनरी व्यवसायी साझा संस्था भएको हुदा आर्थिक कारोवार गर्दा आफ्नै संस्थामा गर्न आग्रह गर्दे श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा आएको नयाँ नेत्रित्वले सम्पुर्ण व्यवसायीको मन जितोस भन्ने कामना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)