प्रचण्ड र माधव नेपालसँग ओलीको छुट्टाछुट्टै भेट
ratopati.com · Sat Mar 09 16:58:00 GMT 2024
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई बालुवाटार नजिकै गोप्य स्थानमा र नेपाललाई उनकै निवास कोटेश्वरमा ओलीले भेटेको उनी निकट श्रोतले जानकारी दिएको छ । दुवै नेतासँग ओलीले संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुरा गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)