मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एभीए राष्ट्रिय भलिबल लिग : गण्डकी र एभरेस्टको अपराजित यात्रा कायम

ekantipur.com · Fri Jun 07 00:13:03 UTC 2024

काठमाडौँ — विदेशी खेलाडीको साथ पाएको एभरेस्ट भलिबल क्लबले प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ अपराजित यात्रा कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार एभरेस्टले निकट प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटले पराजित गरेको थियो । लगातार दुई सेट गुमाएर एभरेस्टले खेलमा पुनरामन गरेको हो । २५–२३, २५–१३ ले दुई सेट गुमाएको अवस्थामा एभरेस्टले तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा ल्याएपछि खेल मोडिएको थियो । त्यसपछि लगातार दुई सेट २५–२२, १५–८ ले आफ्नो पक्षमा पार्दै एभरेस्टले अपराजित यात्रा कायम राख्यो । खेलमा एभरेस्टकी प्रभावशाली खेलाडी सूर्या प्लेयर अफ द म्याच भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)