मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ

nagariknews.nagariknetwork.com · Mon Jun 15 07:04:27 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल भारत सीमा सम्बन्धित विषयमा सत्य तथ्य छानबिन गर्न माग गरेकी छिन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सीमा विषय संवेदनशील भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

यस्तै उनले दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउन माग गरिन्। ‘सरकारले सीमा सम्बन्धित सबै विषयको साँचो तथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी अघि बढाओस्’, उनले भनिन्,‘ आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल लगाउनु परे पर्खाल, नत्र भने काँडेतार लगाइयोस्।’

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय