'डुडेझारी औद्योगिक क्षेत्र विकासका लागि संघीय सरकार बाधक, फुकाएन कानूनी बाधा'
ajakoartha.com · Sat Nov 30 17:51:00 GMT 2024

कैलाली - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतले डुडेझारी औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । आज उनिहरूले त्यस क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । सरकारले डुडेझारीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने भनेर विगत लामो समयदेखि नीति तथा कार्यक्रममा राख्ने गरे पनि बजेटको अभावका कारण काम अघि बढ्न सकेको छैन ।
प्रदेश सरकारले उक्त क्षेत्रको विकासका लागि रु दुई करोड २० लाख बजेट विनियोजन गरेको छ । संघीय सरकारले यससम्बन्धी कानुनी बाधा नफुकाउँदा विनियोजन भएको बजेट पनि कार्यान्वयन हुनसकेको छैन । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र निर्माण कार्यअगाडि बढाउन मुख्यमन्त्री शाहले वनमन्त्रीलाई स्थलगत अनुगमन गरी त्यसबारे ध्यानाकर्षण गराएक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)