मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुद्धभूमिमा लालपुर्जा वितरण

nepalnews.com · Mon Sep 07 06:20:38 GMT 2026

कपिलबस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकाका जग्गाधनीले लालपुर्जा प्राप्त गरेका छन्। बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि–८ मा आयोजित कार्यक्रममा वडा नं. ७ र ८ का ७३० जग्गाधनीलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो।

वडा नं. ७ का ३३८ र वडा नं. ८ का ३९२ गरी ७३० जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण अभावमा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व स्थापित गर्न सहज हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)