गोरखा नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने
gorkhapatraonline.com · Mon Sep 07 06:24:05 GMT 2026

रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गोरखा नगरपालिकाले दुःख व्यक्त गर्दै राहतका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले बाढीबाट प्रभावित नागरिक तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)