२९ वटा कम्पनीको लाभांश घोषणा, कुनका सेयरधनीले कति पाउँछन् प्रतिफल ?
arthasansar.com · Sun Sep 06 06:11:57 GMT 2026

यो समय लाभांश घोषणाको हो । हालसम्म २९ वटा कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्नेमा धेरै म्युचुअल फण्ड रहेका छन् । हालसम्म तीन वाणिज्य बैंक, तीन विकास बैंक, दुई वटा हाइड्रोपावा र एउटा फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै नेपाल पूर्वाधार बैंक (निफ्रा) ले पनि आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेको छ ।
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंक रहेका छन् । त्यस्तै विकास बैंकमा कामना सेवा, गरिमा र साग्रिंला डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै लाभांश घोषणा गर्नेहरुमा आईसीएफसी फाइनान्स र मान्डू हाइड्रोपावर कम्पनी रहेका छन् । यी बाहेक अरु सबै १९ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये सबै भन्दा धेरै लाभांश गरिमा विकास बैंकले दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)