मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मजदुरलाई छक्याइरहेको मनसुन

ekantipur.com · Fri Jun 07 00:28:48 UTC 2024

बझाङ, काठमाडौं — खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका कपुरे खड्काको हरेक वर्ष पाँच महिना नेपाल र सात महिना भारतमा बित्छ । उनी मंसिरमा हिउँदे खेती लगाएर भारतको उत्तराखण्ड राज्यको गुप्तकाशी जान्थे । त्यहाँ एउटा कार्गो कम्पनीमा काम गर्थे । वैशाखको मध्यतिर केदारनाथ दर्शन सुरु भएपछि उतै पुग्थे । तीर्थयात्रीलाई गौरीकुण्डबाट बोकेर केदारनाथ पुर्‍याउने र फर्काउने काममा उनी व्यस्त हुन्थे ।

कमाएको रकम र परिवारलाई किनिदिएको लुगाफाटो पोको पारेर असारमा घर फर्किन्थे । असार र साउनमा केदारनाथ मन्दिर क्षेत्रमा बर्खेर्झेरी र हिउँ पर्ने भएकाले दर्शनार्थीको संख्या निकै कम हुन्छ । यही छेको पारेर घर फर्केका उनी बर्खेखेतीको काम गर्थे । खेती सकेर फेरि केदारनाथ पुग्थे । मान्छे बोक्ने सिजन चल्यो भने दसैंमा नभए तिहारमा चाड मान्ने खर्च बोकेर घर फर्किने उनको ११ वर्षदेखिको नियमित वार्षिक तालिका नै थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)