राष्ट्रिय समावेशी म्युजिक अवार्ड सम्पन्न : गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला अवार्ड
arthadabali.com · Mon Jun 15 07:17:47 GMT 2026

काठमाडौँ / सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई ‘सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)’ अवार्ड प्रदान गरिएको छ। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)को नवौँ संस्करणमा उनलाई ‘माटोको सुगन्ध’ गीतबाट उक्त सम्मान प्रदान गरिएको हो।
सोही गीतका लागि सिक्किमका जीवन शर्माले ‘सर्वोत्कृष्ट संगीतकार’ अवार्ड प्राप्त गरेका छन्। ‘माटोको सुगन्ध’ गीतले गीत तथा संगीत दुवै विधामा उत्कृष्टता हासिल गर्दै अवार्ड जित्न सफल भएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
दिनेश डिसी