भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द
bishowkhabar.com · Mon Jun 15 07:15:17 GMT 2026

काठमाडौं– भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् ।
भारतीय टी–बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि उद्योगीहरू उद्योग बन्द गर्न बाध्य भएका हुन् ।
नेपाल चिया उत्पादक संघका अनुसार पहाडका ५६ वटा अर्थोडक्स उद्योग आजैदेखि बन्द भएका छन् भने झापाका ३० वटा सीटीसी उद्योग ४ असारदेखि बन्द हुनेछन् ।
निर्यात ठप्प हुँदा लाखौं किलो चिया गोदाममा थन्किएको छ भने हजारौं मजदुर र किसान प्रत्यक्ष प्रभावित भएका छन् ।
उद्योगीहरूले समस्या समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ