मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी कारबाहीमा २३ जना आतंककारीको मृत्यु

barnanmedia.com · Fri May 22 11:46:15 GMT 2026

पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको विभिन्न क्षेत्रमा गुप्तचर आधारमा गरेको सुरक्षा कारबाहीमा २३ जना आतंककारीलाई मारेको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर)ले आतंकवाद विरोधी अभियानको रूपमा प्रान्तको उत्तरी वजीरिस्तान र बन्नु जिल्लामा अपरेसन गरि रहेका बताएको छ ।

प्रान्तमा विभिन्न आतंकवादी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेका कारण मारिएका आतंकवादीहरूबाट हतियार, गोलाबारुद र ठूलो मात्रामा विस्फोटक उपकरणहरू पनि बरामद गरिएको जनाइएको छ ।

अभियानको क्रममा आइएसपिआरले आतंककारीहरूले प्रयोग गरेको भूमिगत सुरुङ्ग र बंकरहरू पनि सुरक्षा बलले पत्ता लगाएर नष्ट गरेको बताएको छ ।

अभियानले यस क्षेत्रका अन्य आतंककारीहरूको नष्ट गर्ने प्रक्रिया जारी राखेको छ, सेनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)